

अर्थ मन्त्रालयमा राष्ट्र बैंकले बुझायो पूर्व बजेटको समीक्षा प्रतिवेदन




काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ लक्षित पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ ।
सोही प्रतिवेदन पेश गर्न मन्त्रालयमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना उपस्थित थिइन । उनले उप-प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन पेश गरेकी हुन्।
यता, सोही क्रममा कायम मुकायम गभर्नर तिम्सिनाले मुलुकको स्थलगत अध्ययनबाट सो प्रतिवेदन तयार भएको बताएकी हुन् । सोही क्रममा अर्थमन्त्री पौडेलले समेत त्यस्तो प्रतिवेदनले आउने नयाँ बजेट निर्माणलाई टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।