

सानिमा रिलायन्सल लाइफको सीमित भुक्तानी सावधिक जीवन बीमा योजनाको “प्रोडक्ट एड्भोकेट” मा कल्पना विष्ट कार्यरत




काठमाडौं । कल्पना बिस्ट, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सीमित भुक्तानी सावधिक जीवन बीमा योजनाकी प्रोडक्ट एड्भोकेट हुन् । उनी सन् २०२२ देखि लगातार एमडिआरटी भइरहेकी छिन् भने कम्पनीले सीमित भुक्तानी साबधिक जीवन बीमा योजनामा विष्टलाई प्रोडक्ट एडभोकेटको जिम्मेवारी दिएको जनाएको हो ।
त्यस्तै, उनले स्नातक तह उत्तीर्ण गरी ‘साइप्रस’ प्रस्थान गरेको बताउँदै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साढे तीन वर्षपछि, स्वदेशमै केहि गर्नु पर्छ भन्दै आफ्नो देशमा फर्किएको पनि सुनाएको छ । बिष्टले एनजिओमा शिक्षा स्वास्थ्य जस्ता विषयमा तालिम तथा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै फिल्डको कार्य अनुभव समेत हाँसिल गरेकी थिइन् ।
यसबाट उनको बोल्ने कलादेखि बुझाउने सिपको विकास भन्दै कम्पनीले बिष्ट हालसम्म २ सय भन्दा बढी नागरिकलाई जीवन बीमामा जोड्न सफल भएको बताएको छ । उनी सन् २०२२ देखि लगातार एमडिआरटी हुनु सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स तथा समग्र बीमा क्षेत्रको लागि नै गौरवको विषय रहेको सहजै बुझ्न सकिन्छ ।
सीमित भुक्तानी सावधिक जीवन बीमा योजनामा, असीमित लाभ पाइने
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल संचाल गरि रहेको एक जीवन बीमा योजना सीमित भुक्तानी सावधिक जीवन बीमा योजनामा ग्राहकले असीमित लाभ पाउन सक्ने बताइएको छ । कम्पनीका अनुसार उक्त प्रोडक्ट खरिद गर्दा ग्राहकहरुले बचत गर्न तथा भविष्यका आपतकालीन अवस्थाका लागि समेत सुविधा पाउन सक्छन्।
उक्त बीमाको प्रिमियम भुक्तानी बापत प्रत्येक ५ वर्षमा जोखिम कभरमा वृद्धि हुने व्यवस्था छ। यता, राइडरहरूले थप सुरक्षा प्रदान गर्ने र दुर्घटना। मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट सुविधा, घातक रोगको रक्षावरणमा समेत सुविधा दिइने व्यवस्था छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अनुसार बीमितले १०, १५, २० र २५ वर्ष अवधिको बीमा गर्न मिल्छ भने भुक्तानीको अवधिक्रमशः ८, १२, १६ र २० वर्षको रोज्न सक्ने प्रावधान तोकिएको छ।
बीमितले १८ वर्ष र बढीमा ६५ वर्षको उमेरमा सहभागी हुन मिल्ने त्यस्तो योजनामा न्युनतम २५ हजार बीमांक बराबरको बीमालेख खरिद गर्न मिल्ने जनाइएको छ । सोही बीमा लागि बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण हुने जनाइएको हो।
तोकिएका विभिन्न सुविधाहरु यस्ता छन्
भविष्यका लागि बचत
बीमितले बीमा अवधि पुरा भएपछि बिमांकका साथै बोनस प्राप्त गर्नेछन भनेभविष्यमा आइपर्ने आर्थिक संकटमा सहज हुने कम्पनीको बुझाई छ। बीमितको मृत्यु बीमा अवधि नसकिँदै भएमा निजको परिवारले बीमांकको पूरै भन्नाले बीमा गरिए बराबरको रकम र बोनस प्राप्त पाउने व्यवस्था गरिएको छ । सोही य जनामा बीमा अवधि व्यतीत हुँदै जाँदा, जोखिम बहन पनि बढ्ने बताइएको हो।
वैकल्पिक राइडर लाभ
बीमितहरुले सोही योजना अन्तर्गत दुर्घटना मृत्यु सुविधाबापतको थप बीमाशुल्क बुझाएमा बीमितको दुर्घटनाबाट मृत्यु हुँदा पनि बीमांक रकमको दोब्बरसम्म कभरेज सुविधा पाउँने जनाइएको छ ।
त्यस्तै, पूर्ण स्थायी अशक्तता सुविधाअन्तर्गत पनि बीमितलाई बीमांक सम्मको रकम १ सय २० मासिक किस्तामा भुक्तानी पाउने र सोही योजनाले असहज अवस्थामा समेत बीमितलाई सहजता प्रदान गर्ने कम्पनीको विश्वास उदेश्य रहेको छ।
त्यसरी नै बीमाशुल्क छुट सुविधा समेत पाइने र बीमित कुनै दुर्घटना पश्चात पूर्ण स्थायी असक्तता भएमा उसको बीमाशुल्क मिनाहा गरिने बताइएको छ ।
सोही योजनामा घातक रोग रक्षावरण सुविधा पनि उपलब्ध रहेको भन्दै कम्पनीले बीमित १८ मध्ये कुनै घातक रोग व्यहोर्नु परे ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी गर्ने बताइएको छ ।
लचिलो भुक्तानी
सोही योजनामा प्रिमियम भुक्तानीमा लचिलो व्यवस्था गरिएको र बीमितले वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक रूपमा प्रिमियम भुक्तानी गर्न मिल्नेछ । प्रत्येक अवधिको लागि प्रिमियम भुक्तानी अवधि पनि भिन्न रहेको बेलामा १० वर्ष अवधिको बीमा गर्न चाहने बीमितले ८ वर्षको भुक्तानी अवधि रोज्न सक्ने जनाइएको हो।
१५ वर्षको अवधिको बीमा गर्दा ८ वर्ष र १२ वर्षको प्रिमियम भुक्तानी अप्सन छनोट गर्न मिल्ने व्यवस्था छ। २० वर्ष अवधिको हकमा ८, १२ र १६ वर्षको भुक्तानी अवधि रोज्न सक्ने व्यवस्था रहेको छ।
यता, २५ वर्षको बीमा अवधि रोज्ने बीमितले ८, १२, १६ र २० वर्षको भुक्तानी रोज्न मिल्ने लचिलो भुक्तानीले आफ्नो बजेट र आवश्यकता अनुसार उपयुक्त भुक्तानी सुविधा दिने बताइएको हो।
साथै, कम्पनीका अनुसार छोटो अवधिको बीमाशुल्क भुक्तानी गरि पूरा बीमा अबधिको बीमांकको ३ सय २५ प्रतिशतसम्मको जोखिम बहन र जीवन बीमा अवधि समाप्तिमा समेत आकर्षक बोनस भुक्तानी हुने भएको सो बीमाको छुट्टै रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जानकारी दिएको हो ।