

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा जेठ १६ गते बस्ने




काठमाडौं । लघु बीमक मध्ये टप स्थान होल्ड गर्दै आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी जेठ १६ गतेका लागी बोलाएको सभा चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा बस्ने जनाइएको हो ।
सभा बिहान ११ बजे बस्ने छ भने उक्त सभा कम्पनीको दोस्रो वार्षिक साधारणसभा समेत रहेको जनाइएको छ।
यता, सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, पारित गर्नेछ भने चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्दै निजको पारिश्रमिक समेत तोक्ने जनाइएको छ ।
नेपाल माइक्रोको दोस्रो साधारण सभाबाट २ जना सर्वसाधारण शेयरधनीको लागि निर्वाचन हुने तथा सञ्चालकको बैठक भत्ता समेत निर्धारण गरेर र खर्चको अनुमोदन गरिने जनाइएको हो ।
जेठ ८ गते बुक क्लोज हुने तालिका रहेकाले आगामी जेठ ७ गतेसम्म कायम शेयरधनीहरुले सभामा सहभागी हुन सक्ने जनाइएको छ ।