

घट्यो सेयर बजार कारोबार रकम ९ अर्ब बढी




काठमाडौं । नेप्से परिसूचक घटेको छ। यसअघि लगातार घटेको नेप्से परिसूचकमा ८ दशमलव १४ अंकले घटेर २६२३ दशमलव ८३ विन्दुमा पुगेको हो।
बुधबार १ सउ ३६ कम्पनीको सेयर मूल्य घटेको बेलामा १०७ कम्पनीको सेयर मूल्य बढेको देखिन्छ। सोही बेलामा एक कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ।
यता, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ अंकले घटेर ४४२ विन्दुमा पुगेको छ भने आज १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ९ वटाको घटेको छ ।
हिजो साढे ७ अर्ब माथिको कारोबार भएको बजारमा आज ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार ६५५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ७९ हजार ७७७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
साथै, नेप्से परिसूचकका अनुसार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ । सोही बेलामा एक कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो।