

पैचो पसलले आईपीओ जारी गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक




काठमाडौं । पैचो पसलले आईपीओ जारी गर्ने भएको छ । उक्त आईपीओ निष्कासन गर्न लागेको पसलले एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक तोकेको हो।
यता, पैचो पसलको रजिष्ट्रार कार्यालय सुख्खानगर, बुटवल, रुपन्देहीमा रहेको छ । पैचो पसल प्रालि कृषि व्यवसायमा केन्द्रीत कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझ पुर्याउँदै आएको छ ।
पैचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ ।
साथै, पैचो पसल केवल खाद्य कम्पनी मात्र नभई, बीउ बिजन उत्पादन देखी उत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पुर्याएको जनाइएको छ।