

बीमालेख पुनर्जागरण गराउँदा आफ्ना बीमितलाई ७५ प्रतिशत छुट दिदै सन नेपाल लाइफ




काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई बीमाशुल्क प्रिमियम बुझाउन भएको ढिलाईको अवधिलाई लक्षित गरेर भारी छुट दिने भएको छ । कम्पनीका अनुसार ब्यतित अवस्थामा भएका किस्ता बुझाउनु पर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु पुनर्जागरण गराउने ग्राहकहरुलाई सन नेपाल लाइफ इन्स्योरेन्सले ७५ प्रतिशतसम्म ब्याज छुट सुविधा घोषणा गरेको हो। सो विशेष छुट सुविधा वैशाख १५ गतेदेखि ३० गतेसम्म मात्र लागु हुने जनाइएको छ।
सोही अवसरबाट लाभ उठाई, सेवाग्राहीहरूले आफ्नो नवीकरण प्रक्रियालाई सहज र किफायती बनाउन सक्नेछन्। थप जानकारीका लागि नजिकको शाखा वा उपशाखामा सम्पर्क गर्न सकिनेछ।
साथै, बीमितलाई तोकेको सर्तहरु लागु हुने सन नेपाल लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ।