

‘घरायसी ग्राहकले लोडसेडिङको मार खेप्नु पर्दैन’




काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सामाजिक सञ्जालमा अतिरन्जित हल्ला फैलाइएको भन्दै विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको खुलासा गरेको छ । ठीक यही बेलामा प्राधिकरणले नेपालभरिको विद्युतको जडित क्षमता हालसम्ममा ३,५१२ मेगावाट मेगावाट पुगेको र सोमध्ये प्राधिकरणको आफ्नै जलविद्युत् ६६२ मेगावाट रहेको खुलाएको हो।
यता, सौर्य २५ मेगावाट र तापीय ५३ मेगावाट रहेको छ । यद्यपि, ५३ मेगावाट तापीय विद्युत् भने हाल बन्द अवस्थामा रहेको जनाइएको छ । नेविप्राका सहायक कम्पनीको ६२३ मेगावाट र निजी क्षेत्र को क्षमता २,१४९ मेगावाट छ ।
जलविद्युत् आयोजनाहरूमा जलाशयुक्त १०६ मेगावाट, आंशिक जलाशय ७८९ मेगावाट र बाँकी नदी प्रवाह आयोजना छन् । हालको उच्च माग पिक लोडमा दुई हजार ७७ मेगावाट रहेको र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको प्रधिकरणले जनाएको छ । यसमा नपुग विद्युत् भारतबाट आयात गरी आपूर्ति गरिँदै आएको छ ।
भारतमा अत्यधिक बढेको विद्युत् मागको कारण नेपालले रातको समयमा चाहेजति विद्युत् किन्न नसके पनि प्राधिकरणले उपलब्ध सबै उपाय अपनाएर घरायसी ग्राहकलाई २४सै घन्टा र उद्योगहरूलाई राति केही घण्टाबाहेक अन्य समयमा मागबमोजिम विद्युत् आपूर्ति गर्दै आएको जनाएको छ ।
हाल प्रिमनसुन सुरु भएकाले हावाहुरी र आकस्मिक चट्याङसहितको वर्षाका कारण केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ । ग्राहक वर्गको क्षेत्रमा लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी वर्गमा कुनै प्रकारको लोडसेडिङ नहुने बताएको छ ।
त्यस्तै, औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकीको समयमा आफ्नो खपत कम गरेर सहयोग गर्नुहुन अनुरोध गर्दछौँ ।’ नेपालको नदीनालामा बहाव छिट्टै बढ्ने र भारतबाट पनि विद्युत् आपूर्ति बढ्ने अवस्था रहेको भन्दै हाल देखिएको समस्या छिट्टै समाधान हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ ।