

यस्तो छ कक्षा १२ को परीक्षाको नयाँ तालिका




काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षासम्बन्धी संशोधित नयाँ समयतालिका सार्वजनिक गरेको छ ।
यता, यसअघि वैशाख ११ देखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थियो । बोर्डले वैशाख २१ देखि हुने गरी कक्षा १२ को संशोधित तालिका बुधबार सार्वजनिक गरेको अवस्था छ।