

आईपिओ जारी गर्दै होटल सारथी, बिक्री प्रबन्धक बन्यो सिटिजन्स क्यापिटल




काठमाडौं । होटल सारथी प्रालिले आइपीओ निष्कासन गर्ने भएको छ । उक्त कम्पनीले आइपीओ जारी गर्नका लागि सिटिजन्स क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको बताएको छ ।
यता, होटल सारथी र सिटिजन्स क्यापिटलबीच आइपीओ निष्कासन गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सोही, सम्झौतमा सारथी होटलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । होटल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
साथै, आइपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । यस होटेल २०७२ सालमा धुलिखेलमा स्थापना भएको हो । २०७६ चैतदेखि यो होटल सञ्चालनमा आएको हो । यस होटलमा प्रेसिडेन्सियल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरी ८० वटा कोठा सञ्चालनमा रहेको कम्पनीले जनाएको हो ।