

यस साता २ प्रतिशतले नेप्से परिसूक बढ्दा, ८ अर्ब बढीको कारोबार




काठमाडौं । यस साताको समिक्षा गर्दा नेप्से पसिरसूचक वृद्धिकै अवस्थामा छ । त्यस्तो बेलामा यस साताको नेप्से परिसूचक करिब २ प्रतिशत बढेर बन्द भएको हो
यता, गत साता २६७० दशमलव ७० विन्दुमा बन्द भएको नेप्से परिसूचक यो पटक भने १.९५ प्रतिशत अर्थात ५२ दशमलव ०३ अंक बढेर २७२२ दशमलव ७३ विन्दुमा पुगेको देखिन्छ।
साताभर ४ दिन कारोबार भएको बजारमा ३ दिन बढेर कारोबार भएको थियो भने एक दिन घटेको थियो । यो साता सेन्सेटिभ इण्डेक्स १२ दशमलव १९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४ दशमलव १९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४ दशमलव २७ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ५ अर्ब २७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब २२ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५५.९३ प्रतिशत बढेको हो । यस साता दैनिक औषत सेयर संख्या ७९।०६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३६.६४ प्रतिशत बढेको छ ।
त्यस्तै, यस पटक साताव्यापी रुपमा नेप्सेको कुल बजार पुँजीकरण करिब २ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ८६ अर्ब रुपैयाँ बढेर ४५ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यो साता १३ वटा उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी उपसमूहको परिसूचक सर्वाधिक ७.२० प्रतिशत बढेको छ । गत साता १०९.३७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७ दशमलव ८७ अंक बढेर ११७ दशमलव २४ विन्दुमा बन्द भएको छ । त्यस्तै, यस साता विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ
साथै, हामीले अंकका आधारमा हेर्ने हो भने पनि यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता १२,२६३ दशमलव ७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३३१ दशमलव ६४ अंक बढेर १२,५९५ दशमलव ३५ विन्दुमा पुगेको छ । यो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०८ प्रतिशत घटेको छ । गत साता ४६५५ दशमलव ५५ विन्दुमा बन्द भएको यो उपसमूहको परिसूचक यो साता ९७ दशमलव ०१ अंक घटेर ४५५८ दशमलव ५४ विन्दुमा झरेको हो।