

नारायणघाट–बुटवल सडकको निर्माण समयमै सम्पन्न हुन्छ: प्रधानमन्त्री ओली




नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताए। उनले, उक्त सडकको गैँडाकोट खण्डको आज निरीक्षण गर्ने क्रममा अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुनेमा जोड दिएका हुन् ।
यता, उनले सडक निरीक्षणकै क्रममा उनले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिए ।
त्यस्तै, प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासमेत सहभागी थिए । देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उनले चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।