

सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुँदै




काठमाडौं । सोलुखुम्बुको थामेमा यही वैशाख ९ गते आरोही सम्मेलन ( समिर्टस् समिट ) हुने भएको छ । ‘जलवायु न्यायका लागि साथसाथै’ संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलनमा आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच समूहगत छलफल हुने भएको हो ।
साथै सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा उक्त आरोही सम्मेलन जोडिएको छ । सम्मेलनलाई आज सगरमाथा संवाद सचिवालयले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी सञ्चालन गर्न स्वीकृत दिएको छ । साथसाथैका अध्यक्ष प्रजिता कार्कीले कार्यक्रमका लागि सरोकारवाला संघसंस्थासहित सरकारले पनि अपनत्व लिएकोमा उत्साहित भएको बताइन् ।सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थानी, चर्चित आरोहीहरु कामारिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, तेम्वाछिरी शेर्पा, माया गुरुङसहितलगायतको सहभागिता हुने उनले जानकारी दिइन् । आरोही सम्मेलनमा जलवायु परिवर्तनका कारण गत वर्ष थामेमा हिमपहिरो गई समस्यामा परेका पीडितको सहभागिता रहने आयोजकले जनाएको छ । यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टेवा, नेप्लीज युथ फर क्लाइमेट एक्सन ९एनवाईसिए० सहितका सङ्घसंस्था सहआयोजकका रुपमा छन् । नेपाल सरकारले यही जेठ २ देखि ४ गतेसम्म जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य शीर्षकमा विभिन्न देशको सहभागिता हुने गरी सगरमाथा संवाद आयोजना गर्दैछ ।