

ठुलो घाटा व्यहोरेको पाकिस्तान एयरलाइन्स २१ वर्षपछि नाफा कमाउन सफल




एजेन्सी । नेपाल एयरलाइन्स लामो समयदेखि समस्यग्रस्त अवस्थामा छ । न राम्रोसँग हवार्ई उडान गर्न सकेको छ न त विमानखरिद गर्दा लिएको ऋण नै नियमित रुपमा चुक्ता गर्न सकेको छ । आन्तरिक उडान ठप्प भएको नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय उडानतर्फ भने इज्जत जोगाएको छ । यद्यपि नाफामा लैजान भने नसकेको अवस्था छ ।त्यस्तै खबर कुनै समय पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको पनि थियो । जब जब पनि पाकिस्तान इन्टरनेशनल एयरलाइन्स ९पीआईए० को आर्थिक अवस्थाबारे कुनै समाचार आउँछ, त्यसमा प्रत्येक वर्ष बढ्दो घाटाको चर्चा हुुन्छ । तर पाकिस्तान सरकारले भने अहिले पीआईएले २१ वर्षको लामो समयपछि पहिलोपटक नाफा कमाएको दाबी गरेको छ ।
पीआईएले नाफा कमाएको खबर सबैभन्दा पहिले पाकिस्तानका नागरिक उड्डयन मन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका थिए । त्यसपछि पीआईएले आधिकारिक बयान जारी गर्दै २१ वर्षपछि एयरलाइन्सले नाफा कमाएको बताएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पीआईए घाटाबाट उम्किएर नाफामा पुगेकोब बताए । उनले यसलाई दशकौंपछि यस्तो सफलता हात परेको समेत उल्लेख गरे ।
सरकार र पीआईए दुवैको तर्फबाट एयरलाइन्स नाफामा पुगेको घोषणा यस्तो समयमा आएको छ, जब सरकार फेरि यसको निजीकरणको प्रयास गरिरहेको छ । गत वर्ष पीआईएको निजीकरण प्रयास असफल भएको थियो । नेपालमा पनि नेपाल एयरलाइन्सलाई लिएर बेला बेलामा निजीकरणको चर्चा चलिरहन्छ ।
सरकारको यो घोषणा आश्चर्यजनक मानिएको छ, किनभने एक वर्षअघि सन् २०२३ मा सार्वजनिक भएको आर्थिक विवरण अनुसार पीआईएको घाटा ७५ अर्ब पाकिस्तानी रुपैयाँ थियो, र सन् २०२२ मा यो घाटा ८८ अर्ब रुपैयाँ थियो ।
पीआईएले जारी गरेको विवरण अनुसार सन् २०२४ मा एयरलाइन्सले २।२६ अर्ब रुपैयाँ नाफा कमाएको छ । तर यसको पछाडि सरकारले लिएको कदम पनि छ जसअनुसार एयरलाइन्सको कैयौं अर्ब रुपैयाँ ऋण माफ गरिएको हो ।
पीआईएका तथ्यांक के भन्छन् रु
पीआईए एयरलाइन्सको बोर्ड अफ डाइरेक्टर्सले सन् २०२४ का वार्षिक नतिजालाई स्वीकृति दिएको छ । यसमा पीआईए २१ वर्षपछि नाफा कमाउने अवस्थामा देखिएको छ । सन् २०२४ को रिपोर्ट अनुसार पीआईएले ९।३ अर्ब रुपैयाँको सञ्चालन नाफा ९अपरेशनल प्राफिट० कमायो । साथै, एयरलाइन्स २।२६ अर्ब रुपैयाँको खुद नाफामा रह्यो ।
पीआईएको अपरेटिङ मर्जिन १२ प्रतिशतभन्दा बढी रह्यो, जुन विश्वका उत्कृष्ट एयरलाइन्सहरूसँग तुलना गर्न सकिने स्तरमा छ । अपरेशनल खर्चमा विमान इन्धन, व्यवस्थापन र वितरण हुन्छ । यसअघि पीआईएले सन् २००३ मा नाफा कमाएको थियो, त्यसपछि दुई दशकसम्म घाटामै रह्यो ।
पीआईएको वक्तव्य अनुसार, सरकारको संरक्षणमा व्यापक सुधारहरू गरिएको थियो । जसमा जनशक्ति र खर्च कटौती, नाफा दिने मार्गहरूको सदुपयोग, घाटा दिने मार्गहरू बन्द, र ब्यालेन्स शीट पुनःसंरचना ९रिस्ट्रक्चरिङ० समावेश थियो । पीआईए पुनः नाफा दिने संस्था बनेपछि यसको साख वृद्धि हुने र देशको अर्थतन्त्रका लागि पनि लाभदायक हुने अपेक्षा गरिएको छ ।
एक वर्षअघि अर्बौं रुपैयाँ घाटा
सन् २०२३ मा पीआईएको कूल घाटा ७५ अर्ब रुपैयाँ थियो । तर सन् २०२४ मा एयरलाइन्सले २।६ अर्ब रुपैयाँ नाफा कमाएको बताइएको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार पीआईएको ठूलो मात्रामा ऋण सरकारी खातामा ट्रान्सफर गरेपछि मात्र यो सम्भव भएको हो । रिपोर्ट अनुसार अडिटपछि पीआईएले सन् २०२४ डिसेम्बरसम्म समाप्त हुने वित्तीय वर्षमा प्रति सेयर ५।०१ रुपैयाँ आम्दानी गरेको देखाएको छ ।
सन् २०२४ को नोभेम्बरमा पाकिस्तानको नेशनल एसेम्बलीको स्थायी समितिलाई निजीकरण सचिव उस्मान बाजवाका अनुसार पीआईए किन्न चाहनेहरू सरकारले २६ अर्ब रुपैयाँको कर, नागरिक उड्डयन प्राधिकरणबाट १० अर्ब रुपैयाँको सहायता र ९ अर्ब रुपैयाँको अन्य देनदारिहरू माफ गरिदियोस् भन्ने चाहेका थिए ।
गत वर्ष निजीकरण प्रयास असफल भएपछि निजीकरण मन्त्री अब्दुल अलीम खानले भनेका थिए कि जबसम्म पीआईएको ब्यालेन्स सिट पूर्णरूपमा सफा हुँदैन, कुनै पनि गम्भीर लगानीकर्ता अघि बढ्दैन ।
पीआईएको आर्थिक मामिलामा नजर राख्ने विशेषज्ञहरूका अनुसार एयरलाइन्सले नाफा कमाउन सक्नुको कारण सरकार आफैंले यसको कैयौं अर्ब रुपैयाँ ऋण र ब्याज तिर्ने जिम्मा लिएको हो । त्यसपछि पीआईएको ब्यालेन्स सिट पूर्णरूपमा सफा भयो र एयरलाइन्स नाफामा गयो ।
पूर्वअर्थमन्त्री मिफ्ताह इस्माइलले भने, “पीआईएमा ८५० अर्ब रुपैयाँ ऋण छ, जसको ठूलो हिस्सा सरकारले आफैँले लियो, त्यसपछि ब्याज पनि सरकारकै जिम्मामा गयो, त्यसैले अपरेशनल रूपमा नाफामा जानु गाह्रो कुरा होइन ।” उनले सरकारले पीआईएका सम्पत्तिहरू पनि आफैं लिइसकेको छ र जब ऋण र सम्पत्ति दुवै सरकारकहाँ जान्छ, त्यसपछि नाफा स्वाभाविक हुन्छ भनेका छन् ।
इस्लामाबादका वरिष्ठ आर्थिक पत्रकार शहबाज रानाले पनि पुष्टि गर्दै भने, “एयरलाइन्सको ब्यालेन्स सिटबाट ऋण र ब्याज हटाइएको हो, सुधारको कुरा गर्दा भने कुनै ठोस सुधार भएको छैन जसले पीआईएको सेवा वा प्रदर्शन सुधारिएको देखाउँछ ।” सन् २०२३ को पहिलो नौ महिनाको रिपोर्टले देखाउँछ कि पीआईएले ५८ अर्ब रुपैयाँ ब्याज तिर्नमा खर्च गरेको थियो ।
धेरै कुरा स्पष्ट छैन
वित्त विशेषज्ञ डा मोहम्मद मेराज भन्छन्, “पीआईएको रिपोर्टमा धेरै कुरा स्पष्ट छैन, जस्तै, वेबसाइटमा उपलब्ध २०२३ को तेस्रो त्रैमासिक रिपोर्टमा कर कटौतीपछि ७७।५२ अर्ब रुपैयाँ घाटा देखाइएको थियो, जुन अहिले २०।८७ अर्ब रुपैयाँ आम्दानी देखाइएको छ ।”
उनी भन्छन्, “यसले देखाउँछ कि पीआईएको राजस्वमा सुधार भएको हो तर घाटा घटेको होइन, नयाँ रिपोर्टमा ‘अतिरिक्त सामान’ शीर्षकमा १ अर्ब आम्दानी देखाइएको छ, जुन २०२२ मा उल्लेख गरिएको थिएन ।”
त्यस्तै, इन्जिनियरिङ सेवाबाट १ अर्बभन्दा बढी आम्दानी देखाइएको छ, जुन २०२२ मा थिएन । क्यान्सिलेशन चार्जेज शीर्षकमा २।९५४ अर्ब रुपैयाँ आम्दानी देखाइएको छ, जुन अघिल्लो वर्ष थिएन ।
डा। मेराज भन्छन्, “वास्तविक रिपोर्ट