

बहुप्रतिक्षित सामसङ टेरा–फिक , ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी नेपाली बजारमा




काठमाडौं । सामसङले अद्भुत १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस २५ अल्ट्राको लन्चको साथ नेपाली नयाँवर्षको सुरुवात गरेको छ । यो फ्ल्यागशिप डिभाइस इन्स्टा फाइनान्सद्वारा ०५ ब्याजको मासिक रु ११,७५० इएमआईमा प्राप्त गर्न सकिनेछ ।
सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले तपाईँका फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चिन्ता नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ । सामसङको एआई–फस्र्ट वनयुआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ ।
अझ सशक्त एआई क्षमता
अरू भेरिएन्टहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टिबी भेरिएन्तले तपाईँको कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिन्छ । यसको ठुलो स्टोरेज क्षमताले तपाईँलाई यी एआई फिचरहरू अझ भरपुर प्रयोग गर्न सहयोग गर्छ। नाउ बर र नाउब्रिफः महत्त्वपूर्ण अपडेट र समाचारहरूको छोटो सारांश तत्काल पाउनुहोस्।
सर्कल तु सर्चः स्क्रिनमा देखिएका नम्बर, इमेल वा वेबसाइटहरू सजिलै सँग चिन्नुहोस् ।
कल ट्रान्सक्रिप्ट र समरीः फोनमागरिएको कुराकानीको सारांश र ट्रान्सक्रिप्ट पाउनुहोस् ।
राइतिंग असिस्टः नोटहरूको सारांशबनाउनुहोस् वा टेम्पलेटको साथ सजिलै मिलाउनुहोस् ।
ड्रइङ असिस्टः आफ्नो स्केच, टेक्स्ट र इमेज आइडियाहरूलाई एकै ठाउँमा ल्याउन सहयोग पाउनुहोस् ।
सहज मल्टिटास्किङ र इमर्सिभ डिस्प्लेः उच्चप्रदर्शन र आकर्षक डिस्प्लेका साथ विभिन्न कार्यहरू एकै पटक गर्न सकिने अनुभव पाउनुहोस् ।