

धितोपत्र बोर्ड, नेप्से र सीडीएससीका प्रमुखहरु एक ठाउँमा उभिएर गरे छलफल




काठमाडौं । शेयर बजारलाई नियमन गर्ने र यसका निकट संस्थाहरुका प्रमुखहरुले बुधबार छलफल सम्पन्न गरेका छन्। उनीहरुले आज धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज र राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारीहरु एक ठाउँमा भेटेर छलफल गरेका हुन्।
यता, सोबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीईओ चुडामणि चापागाईं तथा सीडीएससी प्रवन्ध सञ्चालक प्रविन पन्दाकबीच गहन छलफल भएको बुझिएको छ। सोही छलफमा एकअर्का निकायसँग समन्वय गर्ने विषयमा केन्द्रित रहेको बताइएको बेलामा तीन वटै निकायबीच समन्वय बढाएर पुँजी बजारको विकास गर्नेबारे छलफल जनाइएको छ।
साथै, नेप्सेको पुनर्संरचनाका विषयमा पनि छलफल गरिएको छ । दोस्रो बजारको नियमनलाई प्रभावकारी बनाउने र गलत हर्कत गर्नेलाई कानुनी दायरामा ल्याउने विषयका कुराकानीमा जोड दिइएको जनाइएको हो ।