
सुन तोलामा एक हजार ७ सय रुपैयाँले घट्यो, यस्तो छ आजको दरभाउ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । यसदिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

