

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीको नजरमा वि.स.२०८१ साल




काठमाडौं । भर्खरै वि.स.२०८१ साललाई बिदाई गरेर नयाँ वर्ष वि.स.२०८२ सालले पाइला टेकेको अवस्था छ । आफ्ना साथी भाईहरुमा शुभकामना आदान प्रदानको क्रम चलि नै रहेको छ । गएको वर्ष कस्तो भयो ? भन्ने समिक्षादेखि नयाँ सालका लागि समेत बलिया योजनाहरु बुन्ने क्रम जारी छ । ठीक यस्तो बेलामा हामीले नेपाली बीमा क्षेत्रका केही मुख्य हाइलाइट्सहरुलाई स्मरण गर्ने प्रयास गरेका छौं । त्यस्तो हाइलाइट्स नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशिलदेव सुवेदीको नजरमा कस्तो देखियो २०८१ को बीमा क्षेत्र ? भनेर हामीले खोजेका छौं ।
को हुन् सुशिलदेव सुवेदी ?
सुशिलदेव सुवेदी नेपाली बीमा क्षेत्रमा नौलो नाम होइन । बीमा क्षेत्रको नियमनकारी निकाय (तत्कालिन बीमा समिति) देखि हालको बीमा प्राधिकरणसँग उनको अनवरत रुपमा यात्रा जारी नै छ । छोटो समयमा नै आफूलाई निखार्दै गएका उनी नियामक निकायको अवाला अध्ययन अध्यपनको क्षेत्रमा रुची राख्छन् भने उनी वाक कलामा समेत निपूर्ण देखिन्छन् । भनाईको मतलब सुवेदी मृदुभाषी एवम् कुशल वक्ता समेत हुन् । उनलाई निजकबाट चिन्ने र नियाल्नेहरुले सुवेदीलाई सरल एवम सहज व्यक्तीत्वकै रुपमा परिभाषीत गर्ने गरेका छन् ।
नेपालमा बीमा सम्बन्धि आवश्यक तालिम दिनका लागि स्थापित बीमा क्षेत्रको महत्वपूर्ण निकाय इन्स्योरेन्स इन्टिच्युट नेपाल (आईआईएन) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत बनेका सुवेदी बीमा प्राधिकरणमा निर्देशकको रुपमा समेत सफल काम गर्न सफल भए । सरकारले आन्तरिक बढुवाका आधारमा उनको कार्य सम्पादनलाई मूल्यांकन गरेर दिएको नम्बर हेर्दा सुवेदीले अब्बल र सम्भावित प्रतिस्पर्धीलाई नै उछिन्दै बीमा प्राधिकरणको कार्यकारी निर्देशकको माला भिर्न सफल भए।
यद्यपी बीमा प्राधिकरणमा नयाँ यूवा अध्यक्ष शरद ओझाको हालसालै प्रवेश भएको बेलामा कार्यकारी निर्देशक कार्य अनुभवको आधारमा नेपाली बीमा क्षेत्रमा सबैभन्दा बढी भिजेका व्यक्तीको रुपमा र हालको बीमा क्षेत्रको चर्चाको शिखरमा छन् भन्दा खासै फरक नपर्ला। तथापी उनी पदीय मर्यादाका आधारमा अध्यक्ष भन्दा माथि छन् भन्न खोजेको होइन । बरु बीमा क्षेत्रलाई आवश्यक सल्लाह दिन (बेस्ट एडभाईजर) मुख्य सल्लाहकारको रुपमा रुपमा समेत उनले आफ्नो भूमिका निभाउन सक्ने अनुमान केही ठूला तथा पुराना कम्पनीका अनुभवी सीईओहरुले गरेका छन् । कतिपय अवस्थामा नेपाली बीमा क्षेत्र नयाँ अरबिटमा जाने ती पुराना तथा अनुभवी सीईओहरुले बताउन सुरु गरेका छन् । तर, कस्तो अरबिटमा नेपाली बीमा क्षेत्रमा पुग्छ त ? अबको बाटो फराकिलो छ कि साघुँरो ? भन्नेमा सीईओहरुले बोलिसकेका छैनन् ।
यता,आज हामीले सुशिलदेव सुवेदी को हुन् ? भनेर चर्चा गर्न गइरहेका छैनौं । बरु उनको संक्षित परिचयमार्फत नेपाली बीमा क्षेत्रलाई दैनिक नियालेका, त्यही क्षेत्रबाट खारिएका व्यक्ती हुन् भन्नेसम्म मात्र प्रमाणीत गर्न खोजेका हौं ।
यस्तो छ उनै सुवेदीको नजरमा गत वर्षका केही हाइलाइट्सहरु
बीमा क्षेत्रका लागि वि.स.२०८१ साल ऐतिहासिक रहेको उनको ठहर छ ।
सबैभन्दा पहिला उनले बीमा क्षेत्रले बीमा नियमावली पाएको बुँदा उठाएका छन् । लामो समयदेखी बीमा क्षेत्रले प्रतिक्षा गरेको नियमावली आएको र त्यसलाई कार्यन्वयन गर्न आगामी साल अवसर र चुनौतीपूर्ण रहेको सुवेदीले स्वीकार गरे ।
त्यस्तै, नेपाल बीमा प्राधिकरण पुरानो भवनमा बस्दै आएको बेलामा वि.स.२०८१ सालले कुपण्डोलस्थित (सानदार कार्यालयमा) बीमा क्षेत्रको नियमनकारी निकायका सबै कर्मचारीहरुलाई नयाँ कार्यालय भवन दिलाएको छ ।
यता भवन मात्र पूरा भएको नभई नेपाल सरकारले लोकसेवामार्फत धेरै जनशक्तीहरु समेत बीमा प्राधिकरणमा थपेको अवस्था छ । बीमा कम्पनीहरुको शाखा बढी रहेको बेलामा बीमा प्राधिकरणमा समेत सोही किसिमका जनशक्ती आवश्यक रहेको माग बेला बेलामा उठ्ने गरेकै छ । सुवेदीले आफ्नो दरबन्दी थपिएकोमा जोड दिए ।
त्यस्तै, वि.स.२०८० सालमा चुक्ता पुँजी थपिएका कम्पनीहरु समेत थप व्यवस्थित बन्दै गएको र मर्जरले नयाँ स्वरुप र आकार पाएको वर्षलाई वि.स.२०८१ लाई समेत लिन सकिने उनी बताउँछन् ।
बीमा कम्पनीहरुले आफ्नो शाखा, कर्मचारी तथा व्यवसायको रेसियो समेत बढाएको उनको अनुभवले भन्छ ।
सुवेदीले बीमा क्षेत्रकै गरिमामय कार्यक्रम अन्तर्राष्ट्रिय सेमिनारको रुपमा इन्क्लुसिभ इन्स्योरेन्स वि.स.२०८१ सालमै नेपालमा सम्पन्न गर्न सफल भएको स्मरण गरे ।
एशियाका रेगुलेटरहरुलाई समावेश गरेर समेत महत्वपूर्ण कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।
पुनर्बीमा
पुनर्बीमा कम्पनीको पुँजी बढाउने निर्णय भएको छ ।
लघु बीमा
लघु बीमातर्फ पनि थप नयाँ पोलिसीहरु जारी भएको अवस्था छ । लघु बीमाको प्रोपटी इन्स्योरेन्समा कन्सेसनल रेसको तालिका जारी गरिएको अवस्था छ ।
सीईओहरुको नियुक्ती सम्बन्धि भने वि.स.२०८० सालमा मात्रै गाइड लाइन परिर्वतन भएको उनले बताए । वि.स.२०८१ मा सीईओहरुको सेवा सुविधामा खासै हेरफेर भएको छैन ।
कारवाही
करिब ६ वटा बीमा कम्पनीहरु वि.स. २०८१ सालमा कारवाहीमा परेका थिए । त्यसरी काराबाही खानेमा जीवन तथा निर्जीवन दुवै किसिमका कम्पनीहरु रहेका थिए ।
बीमा प्राधिकरणमै वहालवाल अध्यक्ष सूर्यप्रसाद सिलवाल नागरिकता काण्डमा बाहिरीएको बेलामा यूवा अध्यक्षको अकस्मात इन्ट्री भएको समेत देखिन्छ ।
बीमा प्राधिकरणले बोर्ड सदस्य, अध्यक्ष, कार्यकारी निदेशक, निर्देशकदेखि नयाँ अनुहारका निर्देशकहरु समेत प्राप्त गरेको देखिन्छ ।
वि.स.२०८१ सालमा बीमा अभिकर्ता, सर्भेयरहरुको हकमा नयाँ निर्देशन जारी भएको देखिदैन ।
दाबी भुक्तानीलाई थप सरल बनाइने
कार्यकारी निर्देशक सुवेदीले वि.स.२०८२ सालमा दाबी भुक्तानीलाई थप सरल र सहज बनाउन जोड दिइने बताएका छन् । उनले बीमा व्यवसाय मर्यादित र थप व्यवस्थित गर्न सबैजना लाग्नु पर्ने र त्यसमा नियामक निकाय नेपाल बीमा प्राधिकरण समेत आफ्नो ठाउमा सदैव तयारी अवस्थामा रहेको जोड दिएका हुन् ।