

सामाजिक सुरक्षा कोष थप सबल बन्दै, नागरिकका लागि पेन्सन योजना तयार




काठमाडौं । स्थापनाको सुरुवाती वर्षमा विभिन्न चपेटामा परेर धर्मराएको सामाजिक सुरक्षा कोष (एसएसएफ) अहिले भने तंग्रिन थालेको अवस्था छ । राजनैतीक किचलो र अनावश्क हस्तक्षेपका कारण आफ्नो वृद्धि खुम्चिन पुगेकोदेखि केही हदसम्म अस्थित्व नै धरापमा पुगेको कोष स्वयमले स्वीकार गर्छ।
उदाहरणका लागि टाढा जानु पर्दैन । केही दिनअघि मात्रै एक पुस्तकमा आफ्नो भनाई सार्वजनिक गर्ने क्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले स्थापनाका बखतमा चल्दैन भन्ने भ्रम व्याप्त रहेको कोष अबको केही वर्ष भित्रै बाघ बन्ने अभिव्यक्ती दिएका थिए । अधिकारीले त्यस्तो अभिव्यक्ती भन्नका लागि भनेको मात्र नभई सरकारको संयन्त्रले समेत भित्री रुपमा गृहकार्य गरेको केही हदसम्म पुष्टी हुन्छ ।
त्यसका लागि कोषमा बढ्दै गएका योगदानकर्ता, उसले जम्मा गरेको फण्ड, नागरिकमा दिएको सेवा सुविधाको अवस्था तथा ल्याइएका योजनाको कार्यन्वयनलाई नै मुख्य आधार मान्न सकिन्छ । त्यस्तै , कुनै पनि संस्था गतिशील हुनका लागि हामीले यसमा नयाँ योजनाको खाँचो हुने कुरा औंल्याउने गरेको छौं । ठीक यस्तै बेलामा सामाजिक सुरक्षा कोषका केही उच्च कर्मचारीले भने अहिले उनीहरुले ल्याएका पेन्सन प्लानको बारेका जानकारी दिएका छन् ।
हुन त रहर कस्लाई नहोला कहाली लाग्दो बुढेसकालमा आफ्नै रकमले सहायता देओस् भन्ने । तर, हाल सरकारले संचालन गरि रहेका विगतका वृद्ध भत्ता भन्दा पनि सामाजिक सुरक्षा कोषको योजनाहरु थप परिस्कृत र वैज्ञानिक देखिन्छन् । ठूलै सास्ती खेप्दै आफूलाई स्थापनाबाट अब्बल दर्जातर्फ धकेल्दै गएको कोषले हाल भने थप अग्रसरताका साथ काम गरेको देखिन्छ ।
यस्तो छ सामाजिक सुरक्षा कोषको पेन्सन योजना