

वर्षको अन्तिम दिन पनि घट्यो सेयर बजार,सवा ६ अर्बको कारोबार




काठमाडौं । आज चैत ३१ अर्थात् २०८१ को अन्तिम कारोबार दिन । अन्तिम दिन पनि सेयर बजार ८.६२ अंकले घटेर २६६२.८ बिन्दुमा बजार बन्द भएको छ ।
आज नेप्सेमा कुल ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख ९६ हजारभन्दा बढीको कारोबार भएको छ ।
यसदिन ८८ कम्पनीको मूल्य बढेको छ भने १५१ को घटेको छ । एकको मूल्य स्थिर रहेको छ ।
आइतबार १३ उपसूचकमध्ये होटल एन्ड टुरिजम, इन्भेस्टमेन्ट, म्युचुअल फन्ड र निर्जीवन बिमा कम्पनी समूहको मूल्य बढेको छ भने अन्य समूहको घटेको छ ।
गुडविल फाइनान्स डिबेन्चर, नेपापाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै विन नेपाल र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबारका आधारमा सबैभन्दा बढी सिइडिबी होल्डिंग्स कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।