

आज पनि बजारबाट २० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक




काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) पनि बजारबाट २० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनको निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट रकम उठाउँदै आइरहेको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो तीन बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
उक्त रकमको साँवा र ब्याज भुक्तानी २०८२ साल वैशाख १७ गते हुनेछ । ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।