
आज बस्दै ग्रीन डेभलपमेन्ट बैंकले डाकेको साधारणसभा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा आज चैत २७ गते बस्दैछन्। बैंकको बाह्रौं वार्षिक साधारणसभा बाग्लुङस्थित पिस प्यालेसमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजीको ५।७५ प्रतिशत बोनस शेयर र ०।३०२७ प्रतिशत नगद लाभांश ९कर सहित० वितरणको प्रस्ताव पारित गर्नेछ। साथै मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।
त्यसैगरी ६३ करोड ७ लाख १३ हजार रुपैयाँको हकप्रद शेयर जारी गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चार खर्च वृद्धि गर्ने लगायतका प्रस्ताव तय गरिएका छन्। सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत १५ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

