
काठमाडौं महानगरका कर्मचारीहरुको तलब भुक्तानी, १ अर्ब बढी निकासा



काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले रोकिएको तलब पाएका छन् । उनीहरुले विगत तीन महिनादेखि रोकिएको तलब पाएका हुन् भने मेयर बालेन्द्र शाह बालेन सहित महानगरका बाँकी जनप्रतिनिधि, कर्मचारीहरुले तलब पाउन सफल भएका छन् ।
यता, महानगरको कर्मचारीले पाउन बाँकी रहेको ३ महिनादेखि ६ महिनासम्मको तलब पाएको बेलामा महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको हो। महागरको २ हजार ९०० व्यक्तिलाई तलब बुझाइएको छ।
साथै, काठमाडौं टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ३ महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको अवस्थामा मेयर बालेनले पटक पटक संघीय सरकारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत नपठाइएको विषय चर्चामा थियो।
काठमाडौं महानगरपालिका कर्मचारी र जनप्रतिनिधिले गत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई जबरजस्ती कार्यालय प्रवेश गराएका थिए । कार्यालय प्रवेश गरेर गुरागाईँले हाजिर गरेसँगै गुरागाईँले २२ गते शुक्रबार खर्च निकासा गरेका थिए । शनिवार र आइतबार सार्वजनिक बिदा भएकाले गर्दा कर्मचारीहरूको खातामा सोमबार मात्र तलब गएको जनाइएको छ।


