

निक्षेप संकलन उपकरणमार्फत सोमबार बजारबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक




काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको जानकारी दिएको छ ।
२३ दिनको अवधि रहेको उक्त निक्षेप संकलन उपकरणको बोलकबोल प्रक्रिया आज (चैत २५ गते) हुने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकमबराबरको माग गर्न सक्नेछन् ।
साँवा र ब्याज भुक्तानी मिति वैशाख १७ गते निर्धारण भएको छ । यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुनेछ ।