

सहकारी ठगीमा पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा कारागार चलान




काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछान भैरहवा कारागार चलान भएका छन् । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका लामिछाने कारागार चलान भएका हुन् ।
लामिछाने शुक्रबार राति काठमाडौं बूढानीलकण्ठस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । उनलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । सरकारी विदाका कराण २ दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार चलान गरिएको हो ।