

‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर-२०९१’ मा लगानीकर्ताले आजबाट आवेदन दिन पाउने




काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको छ ।
बैंकले आज अर्थात् चैत २५ गतेबाट बिक्रीमा आएको सो ऋणपत्र प्रतिकित्ता एक हजार रुपैयाँको दरमा ५० लाख कित्ता बिक्रीमा ल्याएको हो । सो ५० लाख कित्तामध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट र २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको बैंकको भनाइ छ ।
यस ऋणपत्रमा लगानी गर्न जोकोही इच्छुक लगानीकर्ताले कम्तीमा २५ कित्ता र बढीमा २५ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । यस्तो आवेदन छिटोमा चैत २८ गते र ढिलोमा वैशाख ८ गते दिन पाइनेछ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।