

रवीन्द्र मिश्र र धवलशमशेरमाथि राज्यविरुद्धको कसुरमा इन्भेस्टीगेसन हुँदै




काठमाडौं । शुक्रबार घटेको तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको जनाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको जनाइएको हो ।
यता, ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको बताइएको छ।
सोही क्रममा नेता मिश्र र राणालाई प्रहरीले हतकडी लगाएरका तस्बिर समेत सामाजिक संजालहरुमा भाइरल भइरहेका छन् ।