

तीनकुनेमा भएको राजावादीको आन्दोलनमा प्रहरीको गोली लागी एकको मृत्यु




काठमाडौं । राजधानीमा विभिन्न स्थानबाट हुल बाँधेर जम्मा भएका राजावादी समूहले गरेको आन्दोलनमा प्रहरीले हानेको गोली लागेका एकजनाको मृत्यु भएको छ ।
गृहमन्त्रालयले प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको जनाएको हो।
गृहमन्त्रालयका अनुसार किर्तीपुर नगरपालिकाका सविन महर्जनको ज्यान गएको हो । तीनकुनेको अवस्था आजदिनभर तनावग्रस्थ रहेको थियो ।