

राजावादीको आन्दोलन : तीनकुनेको घरमा आगलागी भयो, प्रहरी र आन्दोलनकारीबीच झडप




काठमाडौं । राजावादीले गरेको प्रदर्शनकै क्रममा तीनकुनेस्थित एउटा घरमा आगलागी भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
त्यसैगरी प्रदर्शनकारीले प्रहार गर्दा घरको सीसासमेत फुटेको अवस्था छ भने प्रहरी र राजावादी समूहबीच झडप पनि भएको छ ।
उग्र प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । यसैबीच स्थितिलाई नियन्त्रण्मा लिन अश्रुग्यास र पानीका फोहोरा पनि निरन्तर प्रयोग गरिरहेको छ ।