

अनेरास्ववियु नेपाल ल क्याम्पसको पहलमा बस्यो स्ववियु केन्द्रित सर्वपक्षीय बैठक




काठमाडौं । कानुको पढाईमा धुरन्धार मानिदै आएको प्रख्यात विद्यालय नेपाल ल क्याम्पस मा पटक-पटक स्थगित भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गराउने वातावरण बनाउन छलफल गर्ने भन्दै अनेरास्ववियु नेपाल ल क्याम्पस कमिटिका अध्यक्ष कैलास तामाङको पहलमा नेपाल ल क्याम्पसका सम्पुर्ण बिद्यार्थी संगठनका अध्यक्षहरुको बैठक बसेको छ । निर्वाचन गराउन सम्पुर्ण बिद्यार्थी संगठन बिच छलफल गरि नयाँ कार्यतालिका प्रकाशन गरि निर्वाचन गर्न सहमती गर्ने भन्दै बैठकको बसेको हो ।
उक्त बैठकमा पटक पटक अवरोध हुँदै आएको विषय र कारणमा छलफल गरि छलफल मार्फत समस्याको समाधान निकाल्ने विषयमा छलफल भएको थियो । उक्त बैठक अनेरास्ववियुका अध्यक्ष कैलास तामाङको पहलमा बसेको हो । भोलि बिहान ८ बजे पुनस बैठक बस्ने गरि आजको बैठक सम्पन्न भएको छ ।
नेपाल ल क्याम्पसमा कुनै पनि हालतमा निर्वाचन गर्न र विद्यार्थीहरुको मताधिकारको सम्मान गर्न सबै बिद्यार्थी संगठन प्रतिवद्द हुनुपर्नेमा अनेरास्ववियुले सुरुबाटै जोड दिँदै आएको कलेज स्रोतले जनाएको छ।