

बोनस सेयर : सपोर्ट लघुवित्तले सिधैं सेयरधनीको हितग्राही खातामा हाल्यो




काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर वितरण गरेको छ । कम्पनीले सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही डिम्याट खातामा जम्मा गरेको हो।
यता, लघुवित्तको पुस ६ गतेको १०औं साधारणसभाले लाभांश बापत १३.७७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मंसिर १४ गतेसम्म कायम सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको छ।
साथै, मंसिर १४ पछि डिम्याट खातामा आवद्ध भएका सेयरधनीहरुलाई क्रमशः बोनस सेयर जम्मा गरिने एवम् हालसम्म पनि त्यस्तो खाता नखोलेका भए खाता खोलेपछि मात्रै बोनस सेयर जम्मा हुने सूचना लघुवित्तले दिएको छ।
हाल दोस्रो बजारमा समेत लघुवित्तले आफ्नो कारोबार शुभारम्भ गरिसकेको जनाइएको छ ।