
नेपाल विद्युत् प्राधिकरणले पीपीए खुलाउदै



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पीपीए खुलाउने भएको छ । सोही प्रयोजनका लागि महत्वपूर्ण तीन निर्णय भएको जनाइएको हो।
यता दुई अघि बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले विद्युत् खरिदबिक्री सम्झौता पीपीए खुला गर्ने निर्णय सम्पन्न गरिसकेको छ।
सोही बैठकले आगामी एक दशक भित्रै सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र स्वीकृत गरेकाले पीपीए खुल्ला गर्ने निर्णय सदर गरिएको बताइएको छ ।
साथै, सार्वजनिक गर्न श्वेतपत्र जारी गर्ने तथा विपन्न समुदायका लागि राहतको प्याकेज घोषणा गर्ने समेत निर्णय गरिएको जनाइएको छ ।

