

नयाँ स्टक एक्सचेञ्जको इजाजत अनुमति पत्रलाई सर्वोच्च अदालतबाट बाटो खुल्यो




काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लागि लाइसेन्सको बाटो खुलेको छ । सोही इजाजत पत्रलाई अनुमति दिन धितोपत्र बोर्डलाई बाटो खुलेको हो।
यता, नयाँ स्टकको लाइसेन्स रोक्न माग गर्दै सर्वोच्चमा परेको मुद्दा संवैधानिक इजलाशमा पुगेको छ ।
सोही बेलामा सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासबाट अधिवक्ता कृष्णबहादुर थापा लगायतले दायर गरेको रिट खारेज गरेको जनाइएको हो ।
धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्स प्रक्रिया अगाडि बढाएको छ । कर्पोरेट घरानाबीच भने नयाँ स्टकको लाइसेन्सको विषयलाई लिएर ठूलो विवाद छ ।