

सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदीको स्थिर




काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य एक हजार ९८० रुपैयाँमा छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।