
निकालिए कुलमान : विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य



काठमाडौँ । जनतामाझ ठूलो लोकप्रियता कमाउँन सफल एवम् मिहीनेती नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको छ। उनलाई निकालिएसँगै रिक्त रहेको पदमा तुरुन्तै हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई कार्यकारी निर्देशकबाट निकालिएको हो भने उनको आगामी यात्राको बारेमा कुनै टुंगो लागेको अवस्था छैन ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयले कार्यकारी निर्देशकको पदबाट निकाल्न मन्त्रालयमै नयाँ पद सिर्जना गरेर सरुवा गर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्को सचिवालयमा दर्ता गरेको अवस्थामा ऊर्जा मन्त्री दीपक खड्कासँगको अनेकौ टकरावका बिच सरकारले लोकप्रिय कार्यकारी निर्देशकलाई हटाएको अवस्था छ ।
यद्यपी पटक-पटक आफूलाई स्पष्टिकरण सोधिएको बेलामा पनि घिसिङ समेत आफ्ना एजेण्डा दहे रुपमा नै प्रस्तुत गर्दै आएका थिए ।
लोकप्रियता, लोडसेडिङ हटाउन खेलेको महत्वपूर्ण भूमिका, लामो कार्य अनुभवका सामु राज्यशक्तीले माग गरेका कतिपय एजेण्डामा शुन्य नम्बर पाए भन्नेसम्मका प्रचार, दुस्पस्चारका बाबजुत अन्तत कुलमान घिसिङ कार्यकारी निर्देशक पदबाट बाहिरीएको अवस्था छ ।
आगामी दिनमा उनले गरेका राम्रा काम र सरकारबिच देखिएका वास्तविक मतभेदव वा (सामान्य मिसअन्डरस्टयाण्डीङ) समेतको सहि ढंगबाट लेखाजोखा गर्न जरुरी देखिएको छ । लोकप्रियता कमाएकै व्यक्ती माथि सरकारको राजनैतीक हस्तक्षेप हावी भएको हो वा लोकप्रियताको डोरी समाएर थोरै भए पनि कार्यकारी निर्देशकले केही गलत कदम चालेका हुन् त्यसको वास्तविक छिनोफानो हुनुपर्ने देखिन्छ । सम्बन्धित निकायले यस्तो गम्भिर सवालमा सुक्ष्म अध्ययन गरेर वास्तविकता पत्ता लगाउँन सफल होस् ।

