

फागुन महिनामा नन-लाइफ इन्स्योरेन्सबाट करिब ४ अर्ब बीमाशुल्क आर्जन, टपलिस्टमा शिखर




काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै निर्जीवन बीमा पौने ४ अर्बको बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। उनीहरुले सो रकम आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । तथ्यांकमा फागुन महिनामा १४ निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिएको हो।
यता, फागुन महिनामा १४ निर्जीवन बीमा कम्पनीले कुल २ लाख २१ हजार ७७६ वटा बीमालेखमार्फत उक्त रकम बराबरको बीमा व्यवसाय गर्न सफल भएका हुन् भने चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा भने निर्जीवन बीमा कम्पनीले कुल २८ अर्बभन्दा बढीको बीमा व्यवसाय गरेका छन् ।
टप लिस्टमा शिखर इन्स्योरेन्स
बीमा क्षेत्रमा आफ्नो छुट्टै इतिहास र विरासत बोकेको शिखर इन्स्योरेन्स कम्पनीले फागुन महिनामा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले फागनु महिनामा मात्रै ८८ करोड १८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो।
समिक्षा अवधिमा शिखर इन्स्योरेन्सले कम्पनीले कुल २३ हजार ४१२ बीमालेखमार्फत उक्त रकमको व्यवसाय गरेको अवस्था छ । शिखर इन्स्योरेन्सपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स सलिको इन्स्योरेन्सले २२ हजार १२४ बीमालेखमार्फत ३८ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन महिनामा १७ हजार ६९१ बीमालेखबाट ३४ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । फागुन महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड २८ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले फागुन महिनामा १४ हजार ४५६ बीमालेख मार्फत उक्त बीमा शुल्क संकलन गरेको देखिन्छ।
दि ओरियन्टल इन्स्योरेन्सले ३ हजार ५८९ बीमालेखबाट १७ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ४२१२ बीमालेमार्फत १५ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ ।
नेशनल इन्स्योरेन्स कम्पनीले २ हजार ५५१ बीमालेखमार्फत ७ करोड १३ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २२ हजार ३२९ बीमालेखबाट २४ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ ।
समिक्षा अवधिमा प्रभु इन्स्योरेन्सले ९ हजार ३०१ बीमालेबाट १३ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्सले १४ हजार ७२८ बीमालेखबाट फागुन महिनामा २३ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २१ हजार ३५२ बीमालेखबाट २८ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्यांकमा देखिन्छ।
यता, सानिमा जिआईसी इन्स्योरेन्सले १० हजार ५६८ बीमालेमार्फत १८ करोड ५७ लाख रुपैयाँ संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २३ हजार ८७२ बीमालेखमार्फत ३० करोड ६५ लाख रुपैयाँ संकलन गरेको छ ।
साथै, युनाइटेड अजोड इन्स्योरेन्सले ३१ हजार ५९१ बीमालेख बाट १९ कराड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको तथ्यांकमा देखिएको हो।