
संवादलाई साझा चौतारी बनोस् : राष्ट्रिय जीवन बीमा कम्पनीका कार्यवहाक सीईओ रिमाल



काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीका कार्यवहाक प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश रिमालले बीमा दर्पण डटकमलाई शुभकामना दिएका छन्। उनले बीमा क्षेत्रमा विदेशी चालचलन के कस्ता छन् ? भन्ने कुराहरु पनि अहिले चासोको विषय हुनसक्ने भन्दै बीमा अब आउँने नयाँ अनलाइनहरुले साझा चौतारीको रुपमा काम गर्न सक्ने बताएका हुन्।
राष्ट्रिय जीवन बीमा कम्पनीका कार्यवहाक प्रमुख कार्यकारी अधिकृत तथा चाटर्ड एकाउन्टेन्ट (सी.एस.) समेत रहेका उनै रिमालले बीमा दर्पण डटकमसँग भने,‘बीमा क्षेत्रमा मिडियाहरुको महत्वपूर्ण भूमिका रहन्छ । साथीहरुले सक्रिय रुपमा नै काम गर्दै आएको भएको अवस्था पनि छ । तर, केही कुराहरु सरोकारवालाहरुले पाउनु पर्ने सहि सूचनाका अभावहरु, नियामकका कुराहरु बाहिर ल्याउँन, अभिकर्ता, बीमितहरुका कुराहरु पनि ल्याउँन र नयाँ विषयहरु आउँदा त्यसलाई विश्लेषण गर्न बीमा दर्पण पनि एउटा साझा चौतारी बन्न सक्छ भन्ने मलाई लागेको छ । अब बीमा कम्पनी र नियामक निकायका कुराहरु पनि जोडनु पर्ने अवस्थामा तपाईहरुको भुमिका महत्वपूर्ण रहन्छ ।’
शुभकामना दिने क्रममा उनले थपे,‘बीमा क्षेत्रमा नयाँ आयाम ल्याउनु पर्नेदेखि अन्तराष्ट्रिय अभ्यासहरु के छन् ? मित्र देशहरुमा कस्ता चाल चलनहरु छन् ?भन्ने कुराहरु नियाल्न र औंल्याउँन जरुरी छन् । त्यस्ता कुराहरुले ताकि भोली समग्र उद्योगलाई सशक्त बनाओस्, रेगुलेटर प्रवेश गर्नु पर्ने नयाँ बाटादेखि बीमा कम्पनीहरुलाई पनि हेर्न सक्नु हुनेछ ।’
उनले सबैले आ आफ्नो तर्फबाट काम गरेर नागरिकहरुलाई बीमाको पहुँचमा ल्याउने र पहुँचमा आएकाहरुको पनि (एक्सिस) दायरा बढाउनु पर्ने बताए । मिडीयाले समग्रमा बीमाको जनचेतनादेखि विदेशी बीमा कम्पनी र नियामकहरुका चालचलन कस्तो र नेपालीको अवस्था कस्तो छ त्यसको पहिचान गर्न जरुरी रहेको उनको भनाई छ । साथै, त्यस्तो अवस्थाको पहिचान हुनसाथ कसरी अघि बढ्ने (वे फर्वाड) का विषयहरुसम्म पनि मिडीयाले घच्घच्याउँन सक्ने बताए ।
रिमालले थपे,‘अहिले बीमा कुन एभिन्यूजमा जानु पर्ने अवस्था छ, हाम्रो कुन ठाउँमा नयाँ स्कोप छ भन्ने तपाईहरुले हेर्नु भयो भने बीमामा एक किसिमको नयाँ आयाम समेत आउँन सक्छ । तपाईहरुले पनि महत्वपूर्ण कुरामा फोकस गर्नु भयो भने हामीले पनि त्यसमा सघाउँन, सजक हुने र सफल बनाउने तर्फ नै ध्यान दिन्छौं । महत्वपूर्ण यात्राको लागि तपाईहरुलाई फेरी पनि शुभकामना ।’

