

सेयर बजारमा १० अंकको गिरावट




काठमाडौं । सोमबार सेयर नेप्से परिसूचक घट्न पुगेको छ । आईतबारको तुलनामा परिसूचक १० दशमलव १४ अंकले घट्न पुगेको हो ।
बजार बन्द हुँदा २७०४ दशमलव ७० विन्दुमा पुगेको नेप्से परिसूचकका अनुसार १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ८५ कम्पनीको सेयर मूल्य बढेको छ । यता १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ९५ अंकले घटेर ४५३ दशमलव ९५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ८ वटा उपसूचकको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा उपसूचकको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।
साथै, परिसूचकसँगै आज कारोबार रकम पनि घटेको बेलामा सेयर बजारमा ३३१ कम्पनीका ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर ५७ हजार ५८५ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४० करोड ८३ लाख १४ हजार ७५ रुपैयाँको कारोबार भएको हो।