
आकर्षक नाफा आर्जन गर्न सफल अपी पावरले लाभांश वितरण गर्दै



काठमाडौं । आकर्षक रुपमा नाफा आर्जन गर्न सफल कम्पनी अपी पावरले लाभांश घोषणा गरेको छ । कम्पनीका अनुसार भदौ ७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०८०र८१ को खुद नाफाबाट ९.४७३७ प्रतिशत लाभांश दिइने भएको हो।
अहिले कम्पनीको चुक्तापुँजी पाँच अर्ब ७८ करोड रहेको र सोही चुक्तापुँजीको शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय सार्वजनिक भएको छ।
साथै,विद्युत नियमन आयोगको स्वीकृति पश्चात र आगामी बस्ने कम्पनीको आ.व. २०८०र०८१ को २१औं वार्षिक साधारण सभा निर्णय गरेसँगै शेयरधनीहरुले घोषित लाभांश पाउने छन् ।

