
नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, भदौ ७ मा बस्दै



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा भदौ ७ गते शुक्रबार बस्ने भएको छ ।
कम्पनीले वार्षिको साधारण सभा आह्वान गरेको छ भने सभा, नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे बस्ने भएको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०।७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७९।८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै, आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साउन २४ गते बुक क्लोज गरिसकेको छ । साउन २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने जनाइएको छ ।

