

नेप्से परिसूचकमा २५ अंकको गिरावट




काठमाडौं । साताको चौथों दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । मंगलबार समेत दोहोरो अंकले घटेको बजार आज २५ दशमलव १६ अंकले घटेर कारोबार बन्द भएको हो ।
यता, परिसूचकका अनुसार बुधबार कारोबार बन्द हुँदा नेप्से परिसूचक २८२१ दशमलव १३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ कम्पनीको मात्रै बढेको छ ।
साथै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ७० अंकले घटेर ४६९ दशमलव ५६ विन्दुमा पुगको छ । आज १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ भने एउटाको सेयर मूल्य मात्रै बढेको देखिन्छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १२ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०८ कम्पनीका २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १ लाख १ हजार ६०३ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
परिसूचकमा अनुसार बुधबार कारोबार भएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।