

दूर संचार प्राधिकरणले मनायो २७ औं वार्षिकोत्सव




काठमाडौं । नेपाल दूर संचार प्राधिकरणले २७ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार साँझ राजधानीको होटल र्याडीसनमा आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री गुरुङले हरेक क्षेत्रमा सुशासनको ठूलो महत्व हुने र सूचना प्रविधि क्षेत्रले पनि सुशासनयुक्त ढंगले काम गरेर देश विकासमा ठूलो अस्त्रको रुपमा सघाउँने बताए । उनले वार्षिकोत्सवको अवसरमा सबै कर्मचारीहरुलाई बधाई दिँदै यता कर्मचारी यूनियनले उठाएका अधिकांश सुशासन प्रेमी मागका लागि सरकार समेत सुधारको पक्षमा रहने जोड दिए ।
मन्त्री गुरुङले बढ्दो विश्वव्यापी प्रविधिको महत्व नेपालमा समेत रहने भन्दै सामाजिक संजालमा अंकुश लगाउँने आफूहरुको उदेश्य नभई सामाजिक सदभाव कायम गर्न र विकासका पक्षमा नै काम गर्न सरकारले योजना ल्याउँने बताएका हुन् ।
नेपाल दूर संचार प्राधिकरणले हालसम्म गरेका कार्यप्रगति, आगामी दिनमा लिएका रणनीति लगायत कतिपय सन्दर्भमा एनटीएको आर्थिक योजनाहरुका बारेमा समेत सोही कार्यक्रममा समिक्षा गरिएको छ ।