

एलएस अटोले नेपाली बजारमा सार्वजनिक गर्यो आकर्षक मोडेलको चारपाङ्ग्रे गाडी




काठमाडौं । एलएस अटोले नेपाली बजारमा आकर्षक रंगका चारपाङ्ग्रे गाडी सार्वजनिक गरेको छ। कम्पनीका अनुसार सो गाडीहरु नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एल ईभी ०९ नेपालमा सार्वजनिक गरिएको हो।
यता, २५ वर्षदेखि विभित्र ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन गरिरहेको कम्पनीले नयाँ गाडी ल्याएको जनाइएको छ भने एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी रहेको पनि जनाइको छ ।
सोमबार गाडीको लन्च समारोहमा स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको व्याट्री प्याक रहेको बताउँलै सो इभीमा ९९ किलोवाटको फ्रन्ट हील ड्राइभ मोटर रहेको जानकारी दिइयो। कार्यक्रममा बताए अनुसार मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पन्न गर्ने ल्याकत राख्छ।
कम्पनीका अनुसार एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेकाले पनि ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लैड ब्याट्री भन्दा ८ प्रतिशतले बढी हुन पुग्छ। एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिने सो गाडीमा ९९ किलोवाटको मोटर जडान गरिएको छ।
आकर्षक रंग एवम लोभ लाग्दो मोडेल रहेको गाडीमा एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन समेत गरिएको अवस्था छ।
त्यस्तै, लेदरेट स्टेरिङ ह्रील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू मात्र नभई सो गाडीमा सुरक्षा फिचर्समा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, कूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल समेत उपलब्ध रहेको जानकारी दिइएको हो।
त्यसरी नै युरो एनक्यापबाट क्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको बेलामा नेक्सन भेन्वरले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको बताइएको छ।
हाल सार्वजनिक गरिएसँगैन नेपाली बजारमा एलएस अटोले सन् २०२५ मा थप दुई मोडेलहरू एलईभी ०३ र एलईभी ०५ लन्च गर्ने तयारी गरेको छ भने यता एलईभी ०३ एक प्रिमियम कसओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी रहेको बताइएको छ।
आफ्नो सवल पक्षमा समेत प्रकाश पार्दै कम्पनीले जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्ने कारखाना रहेको बताउँदै कम्पनीले यूरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दैछ। कम्पनीले अहिलेसम्म नेपालसहित मौरिसरा, टर्की, इजिए, नाइजेरिया, कजाकिस्तान लगायतका देशमा आफ्नो बलियो पकड रहेको समेत जनाएको हो।
साथै, सर्भिस सेन्टर र सोरुमको विषयमा पनि कम्पनीले ढुक्क रहन आफ्ना ग्राहकहरुलाई सुरुवाती चरणमा नै सुझाव दिएको छ । आज बताइए अनुसार कम्पनीले काठमाण्डौ बालुवाटार स्थित चिनियाँ दूतावास नजिकै शोरुम सञ्चालन गरिसकेको बेलामा ललितपुरको बालकुमारीमा पनि शोरूम सञ्चालन गर्ने पक्का भइसकेको छ। त्यसरी नै काठमाण्डौको मनमैजुमा सर्भिस सेन्टर समेत स्थापना गरेको जनाइएको हो।