

चैत १५ गते सिटिजन लाइफले साधारणसभा गर्ने




काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो साधारणसभाको मिति घोषणा गरेको हो । कम्पनीको फागनु १६ गते बसेको सञ्चाकल समितिको बैठकले ८ औँ साधारणसभा आगामी चैत १५ गते गर्ने निर्णय गरेको छ ।
उक्त सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे देखि सुरु हुने छ । सभाले चुक्ता पुँजीको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश कर तिर्न वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै,बोनस सेयर बाँडेपछि चुक्ता पुँजी ५ अर्ब पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि रहेको छ । त्यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने योजनाहरु तय गरिएका छन्।
यता, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजका आधारमा फागुन २७ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने जनाइएको हो ।