

नेपाल लाइफले सार्वजनिक गर्यो ‘छुट्ला है छुट’ योजना, विलम्ब शुल्कमा सहुलियत पाइने




काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको जनाएको छ।
सोही योजना अन्तर्गत कम्पनीका बिमितले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी १ सय ८० दिनभन्दा माथि व्यतीत भएका बिमालेखमा २०८१ फागुन १५ देखि २०८२ जेठ १३ सम्म नवीकरण बिमाशुल्क भुक्तानी गरी सुचारु गरे बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिइने कम्पनीले जनाएको हो।
सोही क्रममा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले कम्पनीले २५औं वर्ष प्रवेश अवसरमा सो योजना ल्याएकोमा जोड दिँदै उनले उनले बिमित हितलाई लक्षित गर्दै विशेष योजना एकपटकका लागि सार्वजनिक गरिएको बताएका हुन् । साथै, व्यतीत बिमालेख समयमै नवीकरण बिमाशुल्क भुक्तानी गरी बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन समेत सीईओ पराजुलीले आग्रह गरेका छन्।