
साल्ट ट्रेडिङको साधारणसभा चैत १५ गते हुँदै



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आगामी चैत्र १५ गते साधारण सभा गर्ने भएको छ । सोही साधारण सभा सम्बन्धि निर्णय कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले ५८ औँ डाँक्ने प्रस्ताव सदर गर्दै निर्णय गरेको हो।
सो साधारणसभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्नेछ । सभाले आर्थिक वर्ष २०८०÷८१ का हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश बापत् ३ करोड २० लाख ७१ हजार ६९५।५ रुपैयाँ करसहित वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत १ गतेभन्दा अघिसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन पाउँने कम्पनीले जानकारी गराएको छ।

