
सरकारले नो केबुलकार समूहलाई भन्यो-वार्तामा आउँ



काठमाडौं । हाल ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा सुरुवात गर्न खोजीएको केबुलकार सेवामा केही अवरोध देखिदै आएको छ । सोही विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई छ्टिटै एउटा टुंगोमा पुर्याउने उदेश्य सहित सरकारले वार्ता आह्वान गरेको हो ।
नेपाल सरकार अन्तर्गतको गृहमन्त्रालयका सह सचिव प्रेमप्रसाद भट्टराई समेत संयोजक तोकिएको वार्ता टोलीले उनीहरुलाई छलफलमा आउँन बोलाएको छ।
सामान्य रुपमा बढ्दै गएको विवादले थप उग्र रुप लिदा नागरिकलाई नै मुख्य क्षती पुग्ने हुँदा सरकारले वार्ताको माध्यमबाट समाधानमा जुट्न आग्रह गरेको हो । हाल निर्माणको कार्य भने केही अवधिका लागि रोकिने समेत जनाइएको छ ।

