

३ अंकले बढ्यो सेयर बजार




काठमाडौं । सोमबार नेप्से परिसूचक बढ्न पुगेको छ। सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ दशमलव ३५ अंकले बढेर बन्द भएको हो ।
यता, नेप्से परिसूचक २७५८ दशमलव ७५ विन्दुमा पुगेको छ भने कारोबार खुल्नेबित्तिकै देखि उच्च अंकले बढेको बजार कारोबार बन्द हुने समयमा भने केही घटेर अन्तिम समयमा हरियो भएर बन्द भएको देखिन्छ।
नेप्से परिसूचकका अनुसार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९० वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १४५ कम्पनीको सेयर मूल्य घटेको हो।
साथै, ९ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको बेलामा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६० अंकले बढेर ४५९ दशमलव २५ विन्दुमा पुगेको परिसूचकमा देखिन्छ । १३ उपसूचकमध्ये ४ उपसूचकको सेयर मूल्य बढ्दा बाँकी ९ वटाको सेयर मूल्य घटेको अवस्था छ।
सोमबार सेयर बजारमा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ भने आज ३१० कम्पनीका २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर १ लाख ३ हजार २६२ पटक खरिद बिक्री भएको छ ।