

निस्ट कप अर्को साता




निस्ट स्कुलको आयोजनामा तेश्रो निस्ट कप फागुन १३ गतेदेखि हुने भएको छ । निस्ट कपमा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने निस्टका प्रिन्सिपल दिलिप रानाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
बास्केटबलको ३ विधामा ३९ टिम सहभागी हुने छन् । सिनियर ब्वाइजमा १४, सिनियर गल्र्समा ९ र जुनियर गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सिनियर ब्वाइजमा सेन्ट जेभियर्स र सिनियर गलर्समा बौद्ध इन्टरनेसनल स्कुल डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर गल्र्सको विधा पहिलोपटक समावेश गरिएको हो ।
फुटबलमा २४ छात्र टिमले लिग कम नकआउट आधारमा खेल्ने छन् । गत संस्करणको उपाधि ब्रम्हकुञ्जले जितेको थियो । फागुन २४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लोकन्थलीस्थित आयोजकको हातामा हुनेछ ।
प्रतियोगितामा यसपटकदेखि क्लाइमेट च्याम्पियनको उपाधि पनि प्रदान गरिने छ । क्लाइमेट च्याम्पियन बारे प्रकाश पार्दै प्रिन्सिपल रानाले भने– ‘ग्लोबल वार्मिङ बारे जागरुकता जगाउन हामीले नयाँ प्रयोगका रुपमा पहिलोपटक यो विधा समावेश गरेका हौं । वातारणलाई प्रदूषित बनाउने प्लास्टिक प्रयोग नगर्ने, इन्धनबाट चल्ने सवारी साधनको सट्टा विद्युतिय सवारी साधन/साइकलको प्रयोग गर्ने वा छोटो दूरीको यात्रामा पैदल यात्रा गर्ने, आफूले लगाएको पोशाकमा वातावरण जोगाउने सन्देशमूलक नारा लेख्नेलगायत कुरालाई ध्यान दिएर विजेताको चयन गर्ने छौं ।’