
एनपीएल क्रिकेट : सुदुरपश्चिमकाे पहिलो जित, पोखरा ६ विकेटले पराजित
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्सले पहिलो जित निकालको छ । पहिलो खेलमा लुम्बिनीसँग पराजित सुदुरपश्चिमले आज भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै पहिलो जित निकालेको हो ।
बुधबार भएको खेलमा सुदुरपश्चिमले पोखरालाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनिले दिएको १४६ रनको लक्ष्य सुदुरले ४ विकेट गुमाएर १६.५ ओभरमा पुरा गरेको हो । उसका लागि कप्तान दिपेन्द्र सिंह ऐरिले ५१ रनको अविजीत पारी खेले । त्यस्तै इसान पाण्डेले ३७ रन बनाए भने ब्रान्डन म्याकमुलेनले २२ रनको योगदान दिए । पोखराका लागि धनन्जय लक्षणा, मेहदी हसन र शाकिब अल हसनले एक/एक विकेट लिए ।
यस अघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । महेदी हसनले ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । उनी छैटौं ओभरको पाँचौं बलमा अनिल खरेलले कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।
त्यसअघि तेस्रो ओभरको दोस्रो बलमा ओपनर दिनेश खरेल ७ बलमा ४ रन बनाएर आउट भएका थिए । दिनेश हेमन्त धामीको बलमा आउट हुन पुगे । पहिलो बलमै डिआरएसबाट जोगिएका कुशल १७ बलमा २१ रन बनाएर आउट भए । उनले दुई चौका प्रहार गरे । कुशल दशौं ओभरको पहिलो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा २१ रनमा क्याच आउट भए । शाकिब अल हसन १६ बलमा १४ रनको योगदान दिए । सदिरा समराविक्रमा ८, धनन्जय लक्षन ११ र किरण ठगुन्ना एक रनमा आउट भए । विपिन खत्री ५ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका स्पिनर अनिल खरेलले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले २३ रन खर्चेर ती विदेशी खेलाडीलाई आउट गरे । महेदी, शाकिब र सदिरा, अनिलको शिकार बने । हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।


