
शिक्षा मन्त्रालयद्धारा नेपाली विद्यार्थीको समस्या समाधान नभए ओडीसा राज्यमा एनओसी रोक्काको चेतावनी



काठमाडौं । नेपाल सरकारले ओडीसा राज्य सरकारलाई नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्न माग गरेको छ। हाल कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआइआइटी विश्वविद्यालयबाट विकसित भएको एक गम्भिर घटनालाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यसको समाधान मागेको हो।
यता नेपाली विद्यार्थीहरूको समस्या समाधान नगरे ओडीसा राज्यका विश्वविद्यालयमा वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी स्थगित गर्ने तयारी मन्त्रालयले गरेको छ । त्यसरी नै केआइआइटी घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय र शिक्षण संस्थाका अध्ययन लक्षित वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित हुने विज्ञप्तिमा स्पष्ट पारिएको छ।
विद्यार्थीहरूले निर्वाधरूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कूटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयले निरन्तर पहल गरिरहेकोमा सहसचिव शिवकुमार सापकोटाले जोड दिएका छन्। ठीक यही बेलामा त्यसका अतिरिक्त सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण एवं सहायता प्रदान गर्ने तथा भावी दिनमा अन्य विदेशी विश्वविद्यालयमा समेत घट्नसक्ने विद्यार्थीका शैक्षिक समस्या समाधान गर्न पूर्वयोजनासहित मन्त्रालयको भूमिका अझ प्रभावकारी तुल्याउने उद्देश्यले यस मन्त्रालयमा तपसिलका कर्मचारी सहितको सहायता कक्ष स्थापना गरिएको उनले जनाए।


